काठमाडाैं । नेपाल आयल निगमले आज बिहानदेखी लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको हिजाेकाे बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
मूल्य घटेसँगै पेट्रोलको भाउ पहिलो वर्ग चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा १५९ रुपैयाँ र तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा १६० रुपैयाँ पर्नेछ ।
त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा प्रतिलिटर १४५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४७ रुपैयाँ र तेस्रो वर्गमा १४८ रुपैयाँ पर्नेछ ।
इन्डियन आयल कर्पोरेसशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।



