काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका ३ वटा विधेयक हिजाे प्रमाणीकरण गरेका हुन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।



