पाेखरा । पोखरा महानगरपालिका–१७ पावरहाउस स्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएका पुरुषको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेकाे छ ।
पाेखरा महानगरपालिका–५ प्रस्याङ बस्ने ३० बर्षिय प्रकाश त्रिपाठी उक्त खोलामा पौडि खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै नंं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलेको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले निजको शव घटनास्थलको करीब ३० फिट गहिराईबाट त्रिपाठीकाे निकालेको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल



