कञ्चनपुुर । कञ्चनपुुरमा छाउगोठमा सुतेका १ जना यूवतीकाे सर्पले डस्दा ज्यान गएकाे छ । ज्यान गुमाउने युवती २८ वर्षीया कमला आउजी भएकाे कञ्चनपुर प्रहरीले जनाएकाे छ ।
कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्याइएकोमा कमलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सागर बोहराले जानकारी दिए ।
सूचना अधिकारी बोहराका अनुसार सुतिरहेकी कमलालाई सर्पले बाँया गालामा डसेको थियो । शनिबार साँझ ८ बजे उनको ज्यान भएको बोहराले बताए ।
सरकारी स्तरबाटै छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाएकाे भएता पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य अझै हुन सकेकाे छैन ।


