गाेरखा । किर्तिपुर नगरपालिका–६ चोभार डाँडास्थित पोखरीमा डुवेका बालकको सशस्त्र प्रहरी र नेपाल प्रहरिले आज विहान सकुशल उद्धार गरेको छ ।
दोलखाको तामाकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौंको कालिमाटी बस्ने १० बर्षिय बिबेक तामाङ्ग साथिहरुसंग सो ठाउँमा पौडि खेल्न त्रममा डुवेका थिए ।
घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबाराही गण किर्तिपुरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बल र नेपाल प्रहरिको संयुक्त टोलिले जिवितै उद्धार गरेको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
बालकलाई उपचारको लागि किर्तिपुर अस्पताल भर्ना गरिएकाे पनि उनले जानकारी दिए ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल


