मकवानपुर । ईन्द्रसरोबर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा १ जनाको ज्यान गएकाे छ ।
ज्यान गुमाउने यूवक बारा जिल्ला, कलैया उपमहानगरपालिका–१ बस्ने १८ बर्षिय प्रणय गुप्ता भएकाे पुष्टी भएकाे छ ।
मकवानपुर प्रहरीका अनुसार शनिवार दिउँसो पाैडी खेल्ने क्रममा गुप्ता बेपत्ता भएका थिए । बेपत्ता यूवककाे शव सशस्त्र प्रहरीले असार २८ गते शनिबार साँझ फेला पारेको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा गुप्ताको शव सोही खोलास्थित झरनाको खोँचमा फेला परेको उनले जानकारी दिए ।
गुप्तासहित अन्य ७ जना व्यक्तिहरु घुम्नका लागि काठमाडौंबाट ४ वटा मोटरसाईलमा शनिबार बिहान सो स्थान तर्फ गएका थिए ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल


