बैतडी । बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । धनगढीबाट दार्चुलाको गन्नाका लागि छुटेको सूपप्र ०४-००१ ज १३७२ नम्बरको जीप आज बिहान साढे ५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे हो ।
दुर्घटना परी ज्यान गुमाउनेमा डिलासैनी गाउँपालिका–१ का चालक २४ वर्षीय सन्तोषबहादुर राना र साेही स्थानका ३२ वर्षीय किरण बोहरा भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रहरी निरिक्षक बलराम पाण्डेयले बताए ।
साेही दुर्घटनमा परी अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि धनगढी पठाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।


