राजु लामा/कतार । कतारकाे दाेहा पुगेका कुलमान घिसिङलाई स्वागत गरिएकाे छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतार र नेपाल आदिवासी जनजाति महासंघ, कतार ले घिसिङलाई स्वागत गरेकाे हाे ।
विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ “उज्यालो संवाद कार्यक्रम २०२५” लाइ सम्बोधन गर्न दोहा पुगेका हुन् ।
घिसिङलाई उज्यालो अभियानका प्रतिक भन्दै परिषद अध्यक्ष रमेश भट्ट तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राकेश श्रेष्ठ लगायतका समूहले कतारमा स्वागत गरेको हाे ।



