गाेरखा । भाेटेकाेशीमा आएकाे लेदोसहितको बाढीले बगाएकाहरुमध्ये थप २ जनाको शव फेला परेकाे छ ।
चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा गरी २ वटा शव फेला परेको सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले बताए । शवकाे पहिचान हुन सकेकाे छैन ।
बाढिले ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनीयाँ नागरिक बगाई बेपत्ता भएकाे थियाे । हालम्म ६ जनाको शव र ५ वटा मानव अंग फेला परेको छ ।
फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुन सकेको र बाँकी शव र मानव अंग पहिचानका लागी त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।
असार २४ गते मध्यरातमा ल्हेन्दे खोलामा आएको बाढीले वेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मिले भोटेकोशी र त्रिशुलीको दुवै किनारामा खोजीकार्य जारी राखेको पनी उनले बताए ।


