बाँके । राप्ती नदीमा फसेका ३ जनाकाे हिजाे अबेर राती सकुशल उद्धार गरीएकाे छ ।
राप्तीसोनारी गाउँपालिका–५ गोरधुई स्थित राप्ती नदिमा फसेका ३ जनाको सशस्त्र प्रहरीले २५ गते राती सकुशल उद्वार गरेको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उद्वार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षिय मानसिंह धामी, ६९ वर्षिय लील बहादुर खत्री र ५० वर्षिय ससु वली छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीको कारण नदिको बीचमा रहेकाे टापुमा फसेका थिए ।
घटनाकाे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुको सकुशल उद्वार गरेको हो ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल


