काठमाडाैं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्काशन गरेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै नवलपरासीका खनाललाई कारबाही गरेको हो ।
समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले खनाललाई कारबाही गरेको जानकारी पार्टी सभापति शेरबहादुर देउवा र लुम्बिनी प्रदेश र नलवपरासी जिल्लालाई पनि बोधार्थ पत्र पठाएका छन् ।
उजुरीपछि खनाललाई स्पष्टीकरण सोधिएको तर जवाफ चित्तबुझ्दो जवाफ नदिएकाले १ वर्षका लागि पार्टी सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरिएकाे छ ।



