गाेरखा । आज बिहान ३:१५ बजेको समयमा रसुवाकाे गोसाईकुण्ड गा.पा. वडा नं.-२ रसुवागढीमा आएकाे बाढीले नेपाल-चिनलाई जाेडने मितेरी पुल बगाएकाे छ ।
चीनको लेन्दे नदिमा आएकाे बाढी नेपाल -चीन जोड्ने मितेरीपुल बगाएको हाे । सशस्त्र प्रहरी बल,नेपाल माथिल्लो त्रिशुली -१ जलबिधुत आयोजना अस्थायी सुरक्षा बेस मैलङमा समेत बढी पस्न सक्ने खतरा बढेकाले हातहतियार तथा अन्य बन्दोबस्ती सामानहरु बेस अगाडी रहेको चेकप्वाईन्टमा सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षक एव सह-प्रबक्ता शैलेन्द्र थापाले बताए ।
बाढीले केही EV गाडि र भन्सार कार्यालय रसुवाको यार्डमा भएका केही कन्टेनरहरु समेत बगाएको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।
बाढीकै कारण गोसाइँकुण्ड गाउँपालिका-२ तातोपानी स्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी- रसुवागढी सडक खण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक पूर्ण कटान गरि पहिरो झरेकाेले सडक पूर्ण रुपमा अबरुद्ध भएकोले स्याफ्रुबेशी देखि-रसुवागढी सम्मकाे १४ कि.मि.सडक ठाउ ठाउमा पहिरोले गई पूर्ण अबरुद्ध भएको छ ।
साेही बाढीले बिहान ६:२५ बजेको समयमा भन्सार यार्डमा काम गर्ने मध्ये ९ जना नेपाली र ६ जना चाइनिज गरि १५ जना सम्पर्क विहिन भएको सह-प्रबक्ता थापाले जानकारी दिए ।
बाढीकाे बितण्डाले ईलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी समेत सम्पर्क बिहिन भएका छन् । कार्यालयमा कार्यरत प्रसनि लाल बहादुर श्रेष्ठ, प्रज मुन्न ठाकुर र प्र.ज लोकेन्द्र बोहोरा समर्पक बिहिन भएका हुन् ।
बाढीले रसुवाकाे उत्तरगया गाउँपालिका-१ मैलुङ स्थित नेपाली सेनाको पोष्ट अगाडी गल्छि बेत्रावती- स्याफ्रुबेशी नया सडक खण्ड त्रिशुली नदीमा रहेको बेलीब्रिज पुल बगाएको र नजिक रहेको र त्रिशुली 3A जलबिधुत आयोजनाको ड्याममा क्षेति पुर्याएकाे छ ।
बाढीले बगाई ल्याएकाे अवस्थामा रसुवा उत्तरगया गाउँपालिका-५ उत्तरगयाधामको खोला किनारमा पुरुष ब्यक्तिको दाहिने खुट्टा सहित गुप्ताङ्ग फेला परेको पनि उनले जानकारी दिए ।
सम्पर्क विहिनहरुको नामथर वतन :
नेपाल प्रहरी तर्फ :
• प्रहरी चौकी हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने बर्ष ४२ को प्रहरी सहायक निरिक्षक लाल बहादुर श्रेष्ठ ।
• जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भइ इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका-१ बस्ने बर्ष २४ को प्रहरी जवान मुन्ना ठाकुर ।
• प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भइ इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका-९ बस्ने बर्ष २३ को प्रहरी जवान लोकेन्द्र बोहोरा ।
चाइनिज नागरिक :
• चाइनिज पुरुष नागरिक बर्ष नखुलेकोYU YUE
• चाइनिज पुरुष नागरिक बर्ष नखुलेको LI HUAQING
• चाइनिज पुरुष नागरिक बर्ष नखुलेको YANG CHUAN
• चाइनिज पुरुष नागरिक बर्ष नखुलेको YU HAI HANG
• चाइनिज पुरुष नागरिक बर्ष नखुलेको YOU XIAO QIU
• चाइनिज पुरुष नागरिक बर्ष नखुलेको JOU YONG
नेपाली नागरिक :
• जिल्ला बर्दिया बस्ने बर्ष ३६ को जिपन चौधरी
• ऐ.ऐ. बस्ने बर्ष ३५ को सन्तोष दइत
• ऐ.ऐ. बस्ने बर्ष २५ को बुद्दीराम थारु
• ऐ.ऐ. बस्ने बर्ष २४ को लक्ष्मीनारायण थारु
• ऐ.ऐ. बस्ने बर्ष ३० को सुरेश थारु
• जिल्ला बाग्लुङ बस्ने बर्ष नखुलेको नरेन्द्र वि.क.
• जिल्ला सिन्धुपाल्चाेक घर भएको कन्टेनर डिब्बा चालक बर्ष नखुलेको फुर्वा लामा
• वतन नखुलेको मिक्चर चालकबर्ष नखुलेको गोविन्द मोक्तान
• वतन नखुलेको हाइलक्स चालकबर्ष नखुलेको लोकमान तामाङ


