धनुषा । जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर बजार टोलको भैया पोखरीमा डुबेर २ दिदीबहिनीको ज्यान गएको छ । आज पोखरीमा नुहाउन गएकाे उनीहरुकाे डुबेर ज्यान गएको धनुषा प्रहरीले जनाएकाे हो ।
ज्यान जानेमा स्थानीय ४ वर्षीया आरोहीकुमारी राउत र ३ वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी बरुणबहादुर सिंहले बताए ।
उनका अनुसार दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा ढुबेकाे थिए ।
उद्धार गरेर दुवैजनालाई अस्पताल पुर्याइएकाे भएता पनि डाक्टरहरुकाे समूहले बालिकाहरुलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरीले जनाएको छ ।


