गाेरखा । रसुवामा आज बिहानै आएकाे बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
चिनियाँ क्षेत्रमा भएकाे भारी वर्षा पछी लेदाे सहित आएकाे बाढीले गोसाइकुण्ड गाउँपालिका वडा नं.२ स्थित रसुवागढीमा उक्त घटना भएको हाे ।
बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएकाे छ । यससँगै मानिस र सवारी साधनमा आगत जावत बन्द भएको प्रहरीको भनाइ छ ।
साेही बाढीले दर्जनाै सवारी साधन समेत बगाएकाे सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।


