काठमाडाैं । छिमेकी चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार गएरातिको बाढीले पुल बगाएको हाे ।
बिहान ३:१५ बजे आएको बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको सम्पर्क बिच्छेद भएको छ ।
यस्तै भन्सारमा राखिएका दर्जनाै गाडी पनि बगाएको छ । बाढीले कति बगायो भन्ने तथ्याँक आउन बाँकी रहेको छ ।
अहिलेसम्म मानवीय क्षतिको जानकारी नआएको, तर मानिस फसेको हुन सक्ने अनुमान गरिएकाे छ ।
नदीमा पानीको बहाब अझै उच्च गएकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
उक्त बाढीले त्रिशूली नदीमा पनि जोखिम रहेकाले नदी किनारमा बस्नेलाई सावधानी अपनाउन भनिएको छ ।
सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले दिएकाे जानकारी अनुसार :
बिहान ३:१५ बजे रसुवा, गोसाईकुण्ड गापा २ रसुवागढी स्थित नेपाल-चिन सीमानाकामा चीनतर्फ बर्षाको कारण भोटेकोशी नदिमा बाढी आई नेपाल-चीन जोड्ने मितेरीपुल बीच भागमा भाचिएर बगाई टिमुरे स्थित भन्सार यार्डमा बाढी पसी ३/४ वटा मालबाहक कन्टेनर डिब्बा बगाएको ।
भन्सार यार्डमा ९ जना स्थानीय, १ जना नेपाल प्रहरी र बिओपी टिमुरेमा कार्यरत सप्रज प्रदिप वाग्ले चारै तर्फ बाढीले गर्दा फसेकोले उद्धार कार्यको प्रयास भई रहेको बाढी बढेकाले उद्धार कार्य कठिन हाल सम्म मानबिय क्षेती नभएको ।
नदिमा पानीको बाहब धेरै भएकाेल तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरुलाई सचेत गराईएको बिओपी टिमुरे रसुवाबाट सप्रनि प्रकाश पाण्डे कमाण्डमा २० जनाको टोली खटिएको ।
रसुवा गोसाइकुण्ड गापा २ टिमुरे स्थित EV चार्जिङ स्टेसनमा क्षति भएको अं.७/८ वटा EV गाडिहरु बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको ८/९ वटा लोड कन्टेनर डिब्बा बगाएको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको ।
५:०० बजे नं.२० गुल्म रसुवाबाट सप्रनि रबिन्द्र दाहालको कमाण्डमा २१ जना (विपद ब्यबस्थापन तालिम प्राप्त -७ जना) उद्धार सामाग्रीहरु सहित खटिएको टोली स्याफ्रुबेशी देखि अगाडी सडक चर्केकाले जान नसक्ने अवस्थामा रहेकोले ०६:२० बजे घटनास्थलतर्फ पैदल हिडेको पुग्नलाई २ घण्टा लाग्ने । भोटेकोसी नदीमा बाढीको बाहब झन बर्दै गएको ।
५:५५ बजे रसुवा गोसाइँकुण्ड गापा २ तातोपानी स्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी- रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक पूर्ण कटान गरि पहिरो झरी सडक अबरुद्ध रहेको ।



