काठमाडाैं । आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
अहिले भने धेरै ठाउँको मौसम आंशिक बदली छ । गएराति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा ठूलो पानी परेको थियो ।


