काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले ७ दिन देशैभर कुखुराको चल्ला उत्पादन तथा बिक्रीमा रोक लगाएको छ ।
संघको शुक्रबार बसेको भेलाले भाेली असार २३ गतेदेखि २९ गते आइतबारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कोइलर कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न रोक लगाउने निर्णय गरेको हो ।
पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै उक्त निर्णय गरिएको संघले जनाएको छ ।
संघ अध्यक्ष लक्ष्मीदास श्रेष्ठले ह्याचरी व्यवसायमा अहिले देखिएको विषम परिस्थिति मध्यनजर गर्दै उत्पादन तथा बिक्री बन्द गर्ने निर्णयमा पुगेको बताए ।
उनले एक साता बन्द गर्दा बजार राम्रो हुन्छ कि भन्ने आशाले यसो गर्न लागिएको बताए ।




















