सुनसरी । खोलामा डुबेर २ जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर परियार भएको प्रहरीले पुष्टी गरेकाे हाे ।
हिजो दिउँसो जब्दीको मुरा खोलामा पौडी खेल्ने क्रममा उनीहरुकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र खतिवडाले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी दुवै बालकलाई उपचारका लागि अस्पताल पुर्याए पनि अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेको थियाे ।


