काठमाडाैं । आजदेखी पुन: १ महिनाकाे लागी बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका ६:३० बजेदेखि बिहान ५ बजेसम्म १ महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय भएको हो ।
रातमा साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । मनसुन सक्रिय भएको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न पछिल्लो निर्णय गरिएको हो ।
यसअघि गएको असार ६ गते काभे्र, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बीपी राजमार्गमा असार ७ गतेदेखि रातमा झन्डै सवा १० घण्टाका लागि रोक लगाएको थियो ।


