×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आज हरिशयनी एकादशी

  •  गोरखा समाचार
  • आइतबार, असार २२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै महत्वपूर्ण पर्वको रूपमा मनाउने गर्दछन् ।

    पुराणहरूका मत अनुसार भगवान विष्णु यस दिन देखि ४ महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘प्रबोधिनी’ एकादशी भनिन्छ ।

    एकादशीको दिन प्रातःकाल उठेर घरको साफ-सफाई तथा नित्य कर्मबाट निवृत्त हुने । स्नान गरेर पवित्र जल घरमा छर्कने । घरको पूजा स्थल अथवा कुनै पनि पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको सुन, चाँदी, तामा अथवा पितलको मूर्ति स्थापना गर्ने । तत्पश्चात उसको षोड्शोपचार सहित पूजन गर्ने र त्यसपछी भगवान विष्णुलाई पीताम्बर आदिले विभूषित गर्ने । तत्पश्चात व्रत कथा सुन्नु पर्छ । त्यसपछी आरती गरेर प्रसाद वितरण गर्ने । अन्तमा सेतो चादरले ढाकेको गद्दा-तकिया भएको खाटमा श्री विष्णुलाई शयन गराउनु पर्छ । व्यक्तिलाई यि ४ महीनाको लागि आफ्नो रुचि अथवा अभीष्टका अनुसार नित्य व्यवहारका पदार्थहरूको त्याग र ग्रहण गर्ने ।

    देह शुद्धि या सुन्दरताको लागि परिमित प्रमाणको पञ्चगव्यको, वंश वृद्धिको लागि नियमित दूधको, सर्वपापक्षय पूर्वक सकल पुण्य फल प्राप्त हुनाको लागि एकमुक्त, नक्तव्रत, अयाचित भोजन अथवा सर्वथा उपवास गर्ने व्रत ग्रहण गर्ने ।

    आजको दिन मधुर स्वरको लागि गुड, दीर्घायु अथवा पुत्र-पौत्रादिको प्राप्तिका लागि तेल, शत्रुनाशादिको लागि तिलको तेल, सौभाग्यको लागि मिठो तेल, स्वर्ग प्राप्तिको लागि पुष्पादि भोग, प्रभु शयनका दिनहरूमा सबै प्रकारका मांगलिक कार्य जहाँसम्म हुनसक्छ नगर्ने भन्ने प्रचलन रही आएकाे छ । खाटमा सुत्ने, पति पत्नी वा अन्य सँग मैथुन गर्नु, झूठो बोल्नु, मांस, मह र अरुले दिएको दही-भात आदिको भोजन गर्नु, मूला, पटोल एवं भण्टा आदिलाई पनि त्याग्नु पर्छ ।

    व्रतकथा…
    एक पटक देवऋषि नारदजीले ब्रह्माजीसँग यस एकादशीका विषयमा जान्ने उत्सुकता प्रकट गरे, ब्रह्माजीले उनलाई बताए- सत्य युगमा मान्धाता नामक एक चक्रवर्ती सम्राट राज्य गर्दथे । उनको राज्यमा प्रजा निकै सुखी थिए । भविष्यमा के हुन्छ, यो कसैलाई थाह थिएन । अतः उनी पनि यस कुराबाट अनभिज्ञ थिए कि उनको राज्यमा शीघ्र भयंकर अकाल पर्ने छ ।

    उनको राज्यमा पूरै ३ वर्षसम्म वर्षा नभएका कारण भयंकर अकाल पर्यो । यस दुर्भिक्ष (अकाल)ले चारैतर्फ हा-हाकार मच्चियो । धर्म पक्षको यज्ञ, हवन, पिण्डदान, कथा-व्रत आदिमा कमी भयो । समस्या परेको समयमा धार्मिक कार्यमा प्राणीको रुचि कहाँ रहन्छ ? प्रजाले राजासँग गएर आफ्ना वेदनाहरू भने ।

    राजा त यस स्थितिलाई लिएर पहिले देखि नै दुःखी थिए । उनी सोच्न लागे कि आखिर मैले यस्तो कुन पाप-कर्म गरेंछु, जसको दण्ड मलाई यस रूपमा मिलीरहेको छ ? फेरी यस कष्टबाट मुक्ति पाउने कुनै साधना गर्ने उद्देश्यले राजा सेनालाई लिएर जंगल तर्फ गए । त्यहाँ विचरण गर्दा-गर्दै एक दिन उनी ब्रह्माजीका पुत्र अंगिरा ऋषिको आश्रममा पुगे र उनलाई साष्टांग प्रणाम गरे । ऋषिवरले आशीर्वचनोपरांत कुशल गाथ सोधे । फेरी जंगलमा विचरण र आफ्नो आश्रममा आउनाको प्रयोजन जान्न चाहे ।

    तब राजाले हात जोडेर भने- ‘महात्मन्‌! सबै प्रकारले धर्मको पालन गर्दा गर्दै पनि म आफ्नो राज्यमा दुर्भिक्षको दृश्य देखिरहेको छु । आखिर कुन कारणले यस्तो भइरहेको छ, कृपया यसको समाधान गर्नुस् ।’ यो सुनेर महर्षि अंगिराले भने- ‘हे राजन! सब युगहरू भन्दा उत्तम यही सत्य युग हो । यसमा सानो पापको पनि निकै भयंकर दण्ड मिल्दछ ।

    यसमा धर्म आफ्ना चार चरणहरूमा व्याप्त रहन्छ ब्राह्मणका अतिरिक्त कुनै अन्य जातिलाई तप गर्ने अधिकार छैन । तषाईंको राज्यमा एक शूद्र तपस्या गरिरहेको छ । यही कारण भएर तपाईँको राज्यमा वर्षा भइरहेको छैन । जबसम्म त्यो काललाई प्राप्त हुन्न, तबसम्म यो दुर्भिक्ष शान्त हुनेछैन । दुर्भिक्षको शान्ति उसलाई मारेर नै संभव छ ।’

    किंतु राजाको हृदय एक नरपराध शूद्र तपस्वीको शमन गर्नलाई तयार भएन । उनले भने- ‘हे देव म उस निरपराधलाई मारी दिउँ, यो कुरा मेरो मन स्वीकार गरिरहेको छैन । कृपा गरेर तपाईँ कुनै अरु उपाय बताउनुहोस् ।’ महर्षि अंगिराले भने- ‘आषाढ महिनाको शुक्ल पक्षको एकादशीको व्रत गर्नु । यस व्रतका प्रभावले अवश्य नै वर्षा हुनेछ ।’

    राजा आफ्नो राज्यको राजधानी फर्कि आए र चारै वर्णहरू सहित हरिशयनी एकादशीको विधिपूर्वक व्रत गरे व्रतका प्रभावले उनको राज्यमा मूसलधार वर्षा भयो र पूरा राज्य धन-धान्यले परिपूर्ण भयो ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, असार २२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.