काठमाडाैं । आज देशैभरको मौसम आंशिक बदली छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का पानी परिरहेको छ । ताप्लेजुङ, दोलखा र नुवाकोट आसपासका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी केही स्थानमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ ।
त्यस्तै आजराति कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र बागमती, लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।


