काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) आजै सरकारबाट बाहिरीने तयारी गर्दै छ ।
नाउपाका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै आजै सरकारबाट बाहिरीने तयारी गरेकाे हाे ।
संरक्षक चाैधरीका अनुसार प्रदेश र केन्द्र सरकार दुवैबाट बाहिरीन सुझाब दिएकाे बताए ।
उनले प्रदेशको संसदीय दलको नेतालाई पनि बाहिरिन भनिसकेकाेभन्दै प्रतिपक्षमा बस्ने भएपछि अब कसरी जाने भनेर आफ्नै १६ जना सांसदलाई २२ गतेको संसदीय दलको बैठकमा पनि बोलाएका बताए ।
हामीलाई हिजोको दिनमा जसरी हेपिएको थियो, अहिले पनि त्यही तरिकाले हामीलाई हेपिएको महसुस गरेका छौं । त्यही भएर केन्द्र र प्रदेश सरकारबाट बाहिरिने भनेका हौं चाैधरीले भने ।


