चितवन । रातको समयमा माछा मार्न गएका १ जना युवकको गोहीको आक्रमणबाट ज्यान गएको छ ।
विहीबार राति ९ बजेतिर चितवनको रत्ननगर-८ चित्रसारीस्थित बुढीराप्ती खोलामा माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणमा परी ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका चितवनका प्रहरी नायब उपरिक्षक रवीन्द्र खनालका अनुसार चित्रसारी बस्ने अन्दाजी ४०/४५ वर्षका राजकुमार माझी र अभिषेकले माछा मारिरहेको समयमा अभिषेकलाई गोहीले तानेको थियो । सँगै गएका साथी खोलामा बेपत्ता भएपछि राजकुमारले प्रहरीलाई खबर गरेका थिए ।
खोजी गर्नेक्रममा राति सवा १ बजेतिर माछा मारेको स्थानभन्दा करिब २०० मिटर तल अभिषेकको शव फेला परेको प्रनाउ खनालले जानकारी दिए ।


