गाेरखा । पर्साको वीरगंज महानगरपालिका–१ बाट हिजाे सशस्त्र प्रहरीले करीब १९ लाख बरावरकाे लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ ।
बुधबार छापा मारेकाे गाेदामबाट १८ लाख ५५ हजार ३५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद भएकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानाकारी दिए ।
भारतबाट भन्सार छलेर नेपाल ल्याई अबैध रुपले भण्डारण गरी राखिएको बिशेष सूचनाकाे आधारमा सशस्त्र प्रहरी बल, नेपाल नंं १३ गण पर्सा, प्रस्तावित सीमा सुरुक्षा गुल्म वीरगंज, बोर्डर आउट पोष्ट सिर्सिया र ड्राइपोर्ट तथा भन्सार कार्यालय वीरगंजको संयुक्त टोलीले गाेदाममा छापा मागरेकाे हो ।
छपकैया स्थित लिलावति देवीको १ तल्ले पक्की घरको २ वटा कोठा, सन्तोष कुमारको फुसको घर र भोला साह कानुको २ तल्ले पक्की घरमा छापा मारेर उक्त सामान बरामद गरेको सह-प्रबक्ता थापाले बताए ।
बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाईएको पनि उनले जानाकारी दिए ।


