जाजरकोट । कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गाले लागेर ज्यान गएको छ ।
टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको गएराति ज्यान गएको हाे ।
वडाध्यक्ष वीरबहादुर बुढाले दिएकाे जानकारी अनुसार पानी परिरहेको बेला टहरा भित्र बसेका उनीहरु भिरबाट खसेकाे ढुङ्गाले लागेर दुवै ज्यान गएकाे थियाे ।
टहराभन्दा माथिबाट खसेको ढुङ्गाले लागेर भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका बेला ढुङ्गा खसेर लाग्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


