बारा । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादमा श्रीमानले श्रीमतीकाे धारिलो हतियार प्रहार गरी आफ्नै हत्या गएको छ ।
स्थानीय ३५ वर्षीय बच्चा मियाँले घरेलु आफ्नी २३ वर्षीय श्रीमती सहिना खातुनलाई मासु काट्ने हतियारले टाउको र घाटीमा प्रहार गर्दा घटनास्थलमै ज्यान गएको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष कुमार तामाङले बताए ।
उनका अनुसार खातुनको घटनास्थलमै ज्यान गएको थियो । घटनामा संलग्न मियाँलाई प्रहरीले प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको छ ।


