धनुषा । जनकपुरमा ससुरालाई चक्कु प्रहार गरी हत्या गरेकाे आराेपमा प्रहरीले ज्वाइँलाई पक्राउ गरेकाे छ ।
जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या आराेपमा उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले गरेकाे प्रहरीले जनाएकाे हाे ।
धनुषा प्रहरीका अनुसार आज बिहान पौने १० बजे बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरी नायब उपरिक्ष एवं सूचना अधिकारी बरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी विवादमा ससुरालाई घरमै चक्कु प्रहार गरेका हुन् ।
पेटमा चक्कु लागेपछि गम्भीर घाइते भएका उनकाे उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएकाे थियाे ।
घटनापश्चात बेचन फरार भएकाे प्रहरीले जनाएकाे छ । मृतक बासुदेव जनकपुरधाम उपमहानगरपाकिलाका मेयर मनोज साहका आफ्नै काका भएकाे बुझिन आएकाे छ ।


