गाेरखा । वैदेशिक रोजगारीकाे क्रममा अमेरिका पठाइदिन्छु भन्दै माेटाे रकम असुल गरेकाे आराेपमा तनहुँका १ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका-१२ घर भइ हाल राजधानीकाे चन्द्रागिरी नगरपालिका-७ बस्ने ३० वर्षीय रन्जन पाण्डे भएकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु जनाएकाे हाे ।
आकर्षक तलबको प्रलोभनमा पारी १ पिडितबाट ७५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कबिहीन भएपछी पिडितले प्रहरीमा उजुरी दर्ता गराएकाे थियाे ।
आराेपित रन्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीकाे टाेलीले काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


