हेटाैडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । साेही दुर्घटनामा परी सह-चालक घाइते भएका छन् ।
भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला लिई आउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको लहरी ट्रक दुर्घटना हुदाँ ट्रक चालक भारतको गाजीपुर जिल्ला पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए हाे ।
ट्रकभित्र च्यापिएर अचेत भएको अवस्थामा चालक यादवलाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याएकाेमा उनलाइ चिकित्सकले मृत घोषणाा गरेका थिए ।
दुर्घटनामा परी घाइते भएका सह-चालक भारतको सोही स्थानका २६ वर्षीय मनोज यादवको उपचार जारी छ ।


