काठमाडौं । नेपाली बजारमा आज सुनकाे भाउ घटेको छ । साताकाे दाेस्राे दिन आज सोमबार सुन तोलामा ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुनको भाउ ताेलामा ३०० रुपैयाँले घटेसंगै तोलाको १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । आइतबार तोलाको १ लाख ८८ हजार ४०० रुपैयाँ काराेबार भएकाे थियो ।
आजै चाँदीको भाउ भने बढेको छ । साेमबार चाँदीको भाउ ताेलामा १० रुपैयाँले बढेर प्रति ताेला २ हजार १५० रुपैयाँमा काराेबार भएकाे छ । आइतबार चाँदी तोलाको २ हजार १४० मा कारोबार भएको थियाे ।



