गुल्मी । गएराति परेको अबिरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडक खण्ड अवरुद्ध भएको छ ।
चन्द्रकोट गाउँपालिका –८ र मुसिकोट नगरपािलका –५ को सिमाना नजिकै तल्लो फाँटमा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक खुलाउनका लागि स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी गंगा बहादुर सारुले बताए ।
सडक अबरुद्ध हुँदा वामीटक्सारबाट रिडी हुँदै पाल्पा र बुटवलसम्म जाने गाडीहरु बीच बाटोमा रोकिएका छन ।




















