सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठाेकिदा ३ जनाको ज्यान गएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन् ।
गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित ३ जनाको ज्यान गएको सुनसरी प्रहरीले पुष्टी गरेकाे हाे ।
ज्यान गुमाउनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरूको धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




















