हेटौंडा । बागमती गाउँपालिकाकाे बेतिनीमा खुर्पा प्रहारबाट १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबा भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
आज बिहान ५ बजेको समयमा बेतिनीस्थितमा स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी बाराको निजगढ नगरपालिका–३ सिंगोल बस्ने ३५ वर्षीय कुमार थापाले खुर्पा प्रहार गरी वाईवाकाे ज्यान लिएकाे प्रहरीले पुष्टी गरेकाे हाे ।
खुर्पा प्रहारबाट गम्भीर घाइते भएका वाईवाबाे उपचारकाे क्रममा बिहान ८ बजे ज्यान गएकाे प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
थापालाई इलाका प्रहरी कार्यालयका फापरबारीबाट खटीएकाे प्रहरीकाे टाेलीले नियन्त्रणमा लिएको हाे ।


