अर्घाखाँची । दाजुभाईकाे आपसकाे विवादमा दाजुले प्रहार गरेकाे बन्चरो लागेर भाइको ज्यान गएकाे छ ।
जिल्लाकाे शितगंगा नगरपालिका–६ पाखा पानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बन्चरोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बन्चराे प्रहार गर्नु पूर्व दुवै जनाले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । मदिरा सवनकै क्रममा झगडा हुदा दाई बिण्णुले प्रहार गरेकाे बन्चरोले भाई बमबहादुर गंभिर घाईते भएका थिए । घाईते बमबहादुरलाई स्थानीयले अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
बन्चरो प्रहार गर्ने विष्णुबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।


