प्रतिकात्मक तस्बिर
गाेरखा । नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा आएकाे बाढीले बगाउदा १ जना महिला बेपत्ता भएकी छिन् ।
बेपत्ता हुने स्थानिय ३२ वर्षिया कमला बलामी भएको नुवाकाेट प्रहरीले जनाएकाे छ । बेपत्ता महिलाकाे खोजीकार्यको लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएकाे छ ।
अविरल वर्षा पछी खाेलामा आएकाे बाढीले सोही ठाउँमा रहेको ३ वटा गोठ समेत बगाएकाे सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए । गोठ बगाउदा घाईते भएका अशोक बलामीलाई उद्वार गरी उपचारको लागि काठमाडौतर्फ पठाएको छ ।
अहिले उक्त क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरि ६५ जना सुरक्षा फौज उद्दारको लागि खटिएको सह-प्रबक्ता थापाले बताए । सो खोललो पशुचौपाय लगायत अन्य सामान बगाएको पनी थापाले जानकारी दिए ।
डाेल्पामा १५ घरमा क्षती
यसैगरी, डोल्पा जिल्लाकाे काईके गाउँपालिका–४ रिवामा परेकाे अविरल वर्षाले पहिरो जादाँ सो ठाउँमा रहेको १५ घर पूर्ण रुपमा क्षती भएको छ ।
उक्त स्थानमा उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाको सुरक्षा फौज खटिएको छ । पहिरोमा परी ३ जना व्यक्ति घाईते भएकाे सह-प्रबक्ता थापलाे बताए ।
थापाका अनुसार घाईते सबैको अवस्था भने सामान्य रहेको छ ।


