मुग्लिन । मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएकाे छ । आज दिउँसाे ३ बजेसम्म बन्द गरिएकाे सडकमा अहिले नियमित रूपमा दुईतर्फी गाडी चल्न थालेका सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।
कार्यालयले दिएकाे अनुसार चितवनको इच्छाकामना नगरपालिका–६ काे तुइनभीरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएकाेमा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।
कुनै पनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको एक्स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको हाे ।


