काठमाडाैं । आज देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा ठूलो पानी पर्ने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार कोशी प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्नेछ । दिउँसोभन्दा रातिको समयमा धेरै पानी पर्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेकाे छ ।


