ललितपुर । ललितपुरको महाँकाल गाउँपालिका-६ ठूलादुर्लुङमा खोल्सीमा आएको बाढीले बगाएर सब इञ्जिनियर सविन दाहालको ज्यान गएको छ ।
हिजो साँझ ठूलादुर्लुङको भर्याङखोल्सामा आएको बाढीले बगाउँदा २१ वर्षीय सविन दाहालको ज्यान गएको ललितपुर प्रहरीले जनाएकाे हो ।
बेलुकी ७:३० बजेतिर मोटरसाइकल लिएर खोला तर्ने क्रममा बाढीले बगाएर दाहालकाे ज्यान गएको थियाे ।
बाढीले त्यसक्षेत्रका लेले चन्दनपुर र ठूलादुर्लुङ सडक अवरुद्ध भएका छन ।


