गाेरखा । आज बिहान धादिङ्गको गल्छी गाउँपालिका–१ छाङगेश्वर मन्दिर स्थित त्रिशुली नदिमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले खोजीकार्य शुरु गरेको छ ।
अन्दाजी ५६ वर्षिया साईली गिरी बिहान करीव पौने ९ बजे उक्त नदिमा हाम फालेको र उनकाे खाेजी कार्य भइरहेकाे सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार बेपत्ता महिलाकाे खोजीको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट सशस्त्र प्रहरी नायव निरीक्षक विरेन्द्र कुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको छ ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल


