रौतहट । रौतहटमा हिजाे सेफ्टिक ट्यांकीमा खसेका २ जना बालबालिकाको ज्यान गएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका-१० निबुवा टोलका गरिमा साहका छोरा १ वर्षीय रञ्जे साह र जगदीश साहकी १ वर्षीया छोरी खुश्बु साहको ज्यान गएकाे राैतहट प्रहरीले पुष्टी गरेकाे हो ।
दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ ८ बजे तिर स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए ।
उनीहरुलाई उद्धार गरी उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएको थियो । तर चिकित्सकहरुले दुवै बालबालिकालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


