काठमाडौं । इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको इजरायली सेनाले पुष्टि गरेको छ । इजरायलका विभिन्न क्षेत्रहरूमा अहिले साइरन बजिरहेको छ । साथै हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय गरिएको इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले जनाएको छ ।
हाल इजरायली वायुसेनाले आवश्यक स्थानहरूमा मिसाइल अवरुद्ध गर्न र खतरा न्यूनीकरण गर्न सक्रिय रूपमा कारबाही गरिरहेको छ । यो नयाँ प्रहारले पुनः तनाव चर्किने संकेत दिएको छ ।
केही घण्टा अघि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इजरायलले बिहान ४ बजेसम्म आक्रमण रोक्ने हो भने इरानले पनि जवाफी कारबाही नगर्ने संकेत दिएका थिए ।


