काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा गरेलगत्तै अमला रोकालाई प्रकाउ गरिएको छ ।
काठमाडौं जिल्ला अदालतले रोकालाई सोमबार २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
उनलाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पुन: पक्राउ गरिएकाे सीआईबीले जनाएकाे छ ।
सीआईबीले नै गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।
उनी ६१ किलाे सुनकान्डमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।



