धादिङ । पृथ्वी राजमार्ग अन्तरगत नौविसे मलेखु खण्ड पुनः २ दिनका लागी रातको समयमा बन्द हुने भएकाे छ ।
नयाँ पुलहरुको गडर राख्नका लागी आज र भोलि रातकाे समयमा बन्द हुने मुग्लीन नारयणघाट सडक योजना पुर्वि खण्डका प्रमुख ईन्जिनियर केशव ओझाले जानकारी दिए ।
निर्माणधीन अवस्थामा रहेको सो सडक खण्डमा बनेका नयाँ पुलहरुको गडर राख्नका लागी सो सडक खण्ड बन्द गरी काम गर्ने भएको हो ।
उक्त खण्ड राति १०ः३० बजेदेखी विहान ३ बजेसस्म्म दैनिक ५ घण्टा बन्द गरी काम गर्न लागेकाे ईन्जिनियर ओझाले बताए ।
उक्त समयमा अत्याआवश्यक सवारीका साधनहरु बाहेक अन्य सवारी बन्द रहने स्थानीइ प्रशासनले समेत सूचना जारी गर्दै जनाएकाे छ ।
सवारी साधनलाई राजधानी काठमाडाैं प्रवेशका लागी आएका सवारीका साधनहरुलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ । भने नौविसेतर्फबाट मलेखु आउदै गरेका सवारीका साधनहरुलार्य बैरेनी, आदमघाटतर्फ रोकिने छ ।
जिल्ला प्रशासन कार्यालय धादिङसंगको सम्वनयमा सडक आयोजनले सो सुचना जारी गरेको हो । बन्दको समयमा दमकल प्रहरी र एम्वुलेन्स जस्ता सवारीका साधनहरुलाइ भने रोकिने छैन ।


