चितवन । राप्ती नगरपालिका–३ डडुवा क्षेत्रमा भएको सवारी दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ ।
इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठक्कर खाएर भएकाे दुर्घटनामा परी ५ जनाकाे ज्यान गएकाे हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान भएको उक्त दुर्घटनामा पाँचै जनाको घटनास्थलमै ज्यान गएकाे हाे ।
ज्यान गुमाउनेहरुकाे विवरण सकलन भइरहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ। मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको प्रहरीले जनाएकाे छ ।
तस्बिर : सामाजिक सञ्जाल




















