कावासाेती । सडक विभागको आयोजना निर्देशनालय (ए.डि.बी) ले नारायणघाट–बुटवल सडक (बर्दघाट सुस्ता पूर्व खण्ड) मा साँझ ७ बजेदेखि विहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएकाे छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारीको अध्यक्षमतामा बसेको बैठकको निर्णयअनुसार अर्को सूचना प्रकाशन नभइन्जेलका लागि साँझ ७ बजेदेखि विहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएकाे हाे ।
यसका साथै साेही बैठकले ठूला र भारी मालवाहक सवारी साधनको सञ्चालनमा समेत रोक लगाइएको छ ।
यो सडक खण्डको दुम्किबासस्थित विनयी खोला पुलको डाभभर्सन सडक वर्षाले बारम्बार बगाइरहेको र दाउन्ने सडकको केही स्थानमा ग्राभेल राखेर सडक मर्मत गर्ने काम भइरहेको छ ।
उक्त मार्ग भएर सञ्चालनमा आउने सवारीलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।




















