कावासाेती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरकाे सडक पुन: बन्द भएको छ । विनयी खोलामा पानीको बहाव धेरै भएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।
बिहीबार राति डाइभर्सन बगाएर बन्द भएको सडक शुक्रबार दिउँसोपछि केही खुलेको थियो । ६ महिनाअघि दुम्कीबासको विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि त्यहाँ डाइभर्सन बनाएर गाडी सञ्चालन हुँदै आएको छ ।
विनयी खोलामा बाढी आउनासाथ डाइभर्सन बगाउने र फेरि बनाउने क्रम चलिरहेको छ । दाउन्ने र दुम्कीबास क्षेत्रमा पानी पर्नेबित्तिकै सडक हिलो र चिप्लो भएर जाम हुने, गाडी फस्ने र दुर्घटनाको समेत जोखिम भएकोले सकेसम्म वैकल्पिक रुट प्रयोग गर्न प्रहरीको आग्रह छ ।




















