कैलाली । कैलाली कारागारमा रहेकाे कैदीको ज्यान गएको घटनामा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् ।
बैंकिङ कसूर मुद्दामा कैलाली कारागारमा रहेका डडेल्धुराका हरिशसिंह पालीको असार २ गते राति उपचारका क्रममा ज्यान गएको थियो ।
पालीका पीडित परिवारले हत्या भएको भन्दै सई नाथविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी आएपछि नाथलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक राजकुमार सिंहले जानकारी दिए ।
बैंकिङ कसूर मुद्दामा सई नाथले नै पालीविरुद्ध जाहेरी दिएका थिए । आफन्तले पालीको शरीरमा चोटपटक देखिएको हुँदा उनको कुटपिट गरी हत्या भएको दाबी गर्दै आएका छन् ।


