प्रतिकात्मक तस्बिर
लमजुङ । लमजुङमा आज बिहान पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ ।
लमजुङ मर्स्याङ्दी गाउँपालिका –४ बुङ झरना नजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।




















