फाईल तस्बिर
काठमाडौं । गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रलाई अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको एजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज बिहान आफैं अदालत उपस्थित भएका थिए । सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए र, उनी पनि ३ लाख धरौटीमा छुटेका थिए ।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।


