साँकेतिक तस्बिर
गोरखा । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम लिएर फरार भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बस्ने लमजुङ दोर्दी गाउँपालिका–५ घर भएका २६ वर्षीय दिपेन्द्र गुरूङ र काठमाडौं महानगरपालिका–१५ बस्ने सर्लाही बरहथवा नगरपालिका–१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन् ।
आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
पक्राउ मध्ये दिपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र रूपीले मलेशिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ५ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूले उनीहरुका बिरुद्व उजुरी दिए लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका–१६ बाट आइतबार र रूपीलाई काठमाडौं महानगरपालिका–१५ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


